पात्रो

रेडियो

समाचार खोजी

शिव श्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १५ साउन २०८२, बिहिवार

काठमाडौंः शिव श्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात साउन १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु