श्रावण ११, २०८२ | काठमाडौं
आईसीएफसी फाइनान्स लिमिटेड (आइसिएफसी) ले २०७४/७५ देखि २०८०/८१ सम्मको आर्थिक वर्षमा घोषणा गरिएको तर अहिलेसम्म नबुझेको नगद लाभांश बुझ्नका लागि सेयरधनीहरूलाई अनुरोध गरेको छ।
कम्पनीद्वारा प्रकाशित सूचनामा भनिएको छ कि सो अवधिका केही सेयरधनीहरूले अझै पनि आफ्नो लाभांश बुझेका छैनन्। ती सेयरधनीहरूले आफ्नो नागरिकताको प्रतिलिपि, सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण लिएर ग्लोबल आइएमई क्यापिटल लिमिटेड, भाटभटेनी, काठमाडौंमा सम्पर्क गर्न भनिएको छ।
त्यस्तै, यदि कुनै सेयरधनीले किताब बन्द मितिभन्दा अगाडि आइसिएफसीको सेयर धितो राखेर कर्जा लिएको छ भने, लाभांश बुझ्नका लागि कर्जा लिएको संस्थाबाट प्राप्त 'ना आपत्ति पत्र' अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
समाचार तयार पार्दाको समयमा आइसिएफसीको अन्तिम कारोबार मूल्य रू. ७०१।१३ रहेको छ।