पात्रो

रेडियो

समाचार खोजी

पिपल्स पावरका ३२ लाख शेयर अब बजारमा आउँदै

साझा अर्थ संवाददाता ९ साउन २०८२, शुक्रवार

काठमाडौं। पिपल्स पावर लिमिटेडका प्रमोटर, स्थानीय बासिन्दा र कर्मचारीका ३२ लाखभन्दा बढी शेयर आगामी १२ भदौ, २०८२ मा बजारमा खुल्ने भएका छन्। कम्पनीको लक–इन अवधि समाप्त हुँदैछ, जसपछि यी शेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वतन्त्र रूपमा कारोबार गर्न सकिनेछन्।

पिपल्स पावरका कुल ९४ लाख ८९ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत छन्। यसमा ३२ लाख २६ हजार प्रमोटर शेयर, ६ लाख ३२ हजार स्थानीय प्रभावित क्षेत्रका र ४९ हजारभन्दा बढी कर्मचारी शेयर हालसम्म लक–इन अन्तर्गत थिए। बोर्ड अफ डाइरेक्टर्स र उच्च व्यवस्थापनका कर्मचारीको शेयर भने लक–इन अवधि समाप्त भए पनि तत्काल बिक्रीका लागि खुल्ने छैन।

हाल पिपल्स पावरको बन्द मूल्य रु. ४१५.७३ रहेको छ। बजार विश्लेषकका अनुसार ३२ लाख शेयर बजारमा खुलेपछि तरलता बढ्न सक्छ, तर आपूर्ति बढ्दा मूल्यमा दबाब पर्न सक्ने सम्भावना पनि रहन्छ।

272 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
100%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्