काठमाडौंः स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई सर्तकता अपानाउन आग््रह गरको छ । जल तथा मौसम विज्ञान विभागले श्रावण ३ देखि ५ गते सम्म देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेकोले इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
मौसम सम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनिकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन विज्ञप्तीमा आग्रह गरिएको छ ।
नदी करिडोरका माथिल्लो भागमा निर्माण भएका जलविद्युत आयोजनाहरुले बाढी आएको देखिसकेपछि तल्लो तटीय क्षेत्रमा निर्माण भएका आयोजनाहरुलाई समयमै बाढीको सूचना दिएर सञ्चालनमा रहेका आयोजनाहरु भए विद्युत प्राधिकरणलाई समेत सोको जानकारी गराई आयोजनाका गेटहरु बन्द गरी सुरक्षित स्थानमा जानका लागि सहकार्य गर्न पनि इप्पानले सबै जलविद्युत प्रवद्र्धकहरुसँग आग्रह गरेको छ ।
बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेशनमा बस्ने कर्मचारीहरुलाई प्राप्त हुने हुँदा जलविद्युत आयोजनाका जिम्मेवार व्यक्तिहरुले उनीहरुसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानिय बासिन्दाहरुको जिउधनको सुरक्षाको लागिसमेत स्थानिय स्तरमा सूचनाको आदान प्रदान गरिदिन पनि सबै जलविद्युत प्रवद्र्धकमा इप्पानले आग्रह गरेको छ ।
साझा अर्थ संवाददाता