पात्रो

रेडियो

समाचार खोजी

छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई

साझा अर्थ संवाददाता २३ असार २०८२, सोमवार

राष्ट्रिय समाचार समिति (रासस)   कीर्तिपुर (काठमाडौँ), २३ असारः यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदानp गर्नुभएको हो । 

    यसैगरी रु एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र रु एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो । 

    साथै रु ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायक एसडि योगीलाई प्रदान गरिएको जनाइएको छ । 

    त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरु छिन्नलताको विशेषता भएको बताउनुभयो । गीतकार राजेन्द्र रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताउनुभयो । 

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु