काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । आज सो संठनका पदाधिकारीहरुसँग सिंहदरवारमा भएको छलफलमा ओलीले सो निर्देशन दिनु भएको हो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाल सङ्गठनका सम्पतीहरुको पूणर् सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्न निर्देशन भएको छलफलमा सहभागी एक सदस्यले जानकारी दिनुभयो ।
नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले ङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन र गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितता गर्न समेत आग्रह गर्नु भयो । सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट सङ्गठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न प्रधानमन्त्र ओली समक्ष आग्रह गर्नु भएको थियो ।
साझा अर्थ संवाददाता