पोखराः लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता शनिवार सम्पन्न भएका हो ।
शनिवार सम्पन्न प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा ३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा शिशुवा नेवाः खल पोखरा-३० दोस्रो, रुपा देउराली नेवाः खल तेस्रो तथा मिलीजुली नेवाः खल पोखरा-३३ बागमाराले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुुनेले क्रमशः रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन नेवाः खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बन्नुुभयो भने वेशभूषामा समाज कल्याण नेवाः खल पोखरा-३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवाः खलकी सोनिसा श्रेष्ठ पुुरस्कृत बन्नुभएको छ । प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए ।
साझा अर्थ संवाददाता