पात्रो

रेडियो

समाचार खोजी

बाढी पहिरो पीडितलाइ सोलार

साझा अर्थ संवाददाता १५ भदौ २०८१, शनिवार

दोलखाः जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का बाढी पहिरो पीडितहरुलाई सोलार बत्ति उपलब्ध गराईएको छ ।  जिल्लाको सिंगटी शाखाबाट वितरण भइरहेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा क्षति पुगी विद्युत सेवाबाट विमुख भएका स्थानीयहरुलाई सोवर्स एक्सन नेपाल नामक गैह्रसरकारी संस्थाले सोलार उपलब्ध गराएको हो । 
सोवर्स एक्सन नेपालले रोल्वालिङमा रहेको साङ्गक्षेलिङ गुम्बा, विद्यालय लगायत बेदिङका स्थानीय वासी समेतलाई ४० थान सोलार उपलब्ध गराएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पोले जानकारी दिनुभयो । सोलार सोवर्स एक्सन नेपालका अध्यक्ष आचार्य पासाङ शेर्पाले स्थानीयलाई वितरण गर्नकालागि वडाध्यक्ष ङिमगेली शेर्पा तथा एरेष्ट समिटक्लवका अध्यक्ष दावाछिरी शेर्पालाई  संयुक्त रुपमा काठमाडौंमा शुक्रवार हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरित सोलारहरु पीडितहरु समक्ष सिघ्र पुर्‍याईने वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनु भयो । असार २१ गते आएको बाढी तथा पहिरोले विद्युत प्रसारण लाईनमा क्षति पुर्‍याउँदा हाल रोलवालिङ क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ ।

तस्विर सौजन्यः वडाध्यक्ष ङिमागेली शेर्पा

352 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्