पात्रो

रेडियो

समाचार खोजी

बाढीका कारण बलुचिस्तानका १० जिल्लालाई विपद् प्रभावित घोषणा

साझा अर्थ संवाददाता १५ भदौ २०८१, शनिवार

बलुचिस्तान(पाकिस्तान), १५ भदौ (रासस/एएनआई): बलुचिस्तान सरकारले गम्भीर वर्षा पछिको बाढीका कारण दश जिल्लालाई विपद् प्रभावित क्षेत्र घोषणा गरेको एआरवाई न्यूजले जनाएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएम) का अनुसार प्रभावित जिल्लामा कलात, जियारत, सोहबतपुर, लासबेला, अवारन, काची, जाफराबाद, उस्ता मुहम्मद, लोरालाई र चगाई रहेका छन् । पिडिएमएको पछिल्लो रिपोर्टअनुसार बाढीले कम्तीमा २९ जनाको ज्यान लिएको छ भने १५ जना घाइते भएका छन् । रिपोर्टअनुसार बाढीले ८५८ वटा घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने १३ हजार ८९६ वटा आंशिक क्षति भएका छन् । बाढीले कृषि क्षेत्र तथा सडक प्रभावित भएको एआरवाई न्यूजले जनाएको छ । पिडिएमएले स्थानीय जिल्ला प्रशासनलाई प्रभावितका लागि सहयोग तथा राहत कार्य सुरु गर्न निर्देशन दिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले आगामी २४ घन्टासम्म सिन्धको तटीय क्षेत्रमा थप वर्षाको चेतावनी जारी गरेको छ । मौसम प्रतिकुलताले थप समस्या ल्याउने आसङ्कासिहत सम्भावित जोखिम क्षेत्रमा थप बाढी निम्त्याउन सक्ने, एआरवाई न्यूजले रिपोर्ट गरेको छ । बर्षा जारी रहँदा, समयमै सहायता प्रदान गर्न बढी प्रभावित गरी जन– जिवन सामान्य बनाउने तर्फ ध्यान केन्द्रित गरिएको छ ।

 

तस्वीर: अलजजिरा

 

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्