पात्रो

रेडियो

समाचार खोजी

स्यार्पु पावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने-

साझा अर्थ संवाददाता ४ असार २०८२, बुधवार

काठमाडौं – स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न आगामी छैठौं वार्षिक साधारण सभा बोलाएको छ। असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा डाक्ने निर्णय गरेको हो।

सभा असार २६ गते बिहान ११ बजे, रुकुम पश्चिमस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ। सभामा सर्वसाधारणका लागि प्राथमिक सेयर (IPO) निष्कासन गर्ने र सार्वजनिक निष्कासनबाट उठ्ने रकमको उपयोग सम्बन्धी विशेष प्रस्तावमाथि निर्णय गरिनेछ।

त्यसका साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक लेखापरिक्षण प्रतिवेदन, तथा अन्य आवश्यक प्रतिवेदनहरूमाथि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्