पात्रो

रेडियो

समाचार खोजी

अमेरिकामा नेपाली युवतीलाई गोली प्रहार गरि हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

साझा अर्थ संवाददाता १३ भदौ २०८१, बिहिवार

अमेरिकामा नेपाली युवतीलाई गोली प्रहार गरि हत्या गर्ने व्यक्तिको तस्बिर त्यहाँको प्रहरीले सार्वजनिक गरेको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डेमाथि अज्ञात व्यक्तिले सोमबार गोली प्रहार गरेका थिए । गोली प्रहारबाट उनको घटनास्थल मै मृत्यु भएको थियो । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको र कसैले ती व्यक्तिलाई देखेमा तुरुन्त खबर गर्न अनुरोध गरेको छ ।

स्थानीय समय अनुसार सोमबार साँझ ५:३५ बजे वेस्ट एयरपोर्टको एउटा अपार्टमेन्टमा उनको शव फेला परेको थियो । घटना बारे अज्ञात व्यक्तिले प्रहरीलाई फोन गरेर जानकारी दिएको जनाइएको छ ।

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु