पात्रो

रेडियो

समाचार खोजी

प्रम ओली र देउवाविरुद्ध नाराबाजी गर्ने तीन पक्राउ

साझा अर्थ संवाददाता १२ भदौ २०८१, बुधवार

प्रधामन्त्री केपी शर्मा ओली र नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

गत सोमबार गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा ओली र देउवाविरुद्ध केही युवाहरुले नाराबाजी गरेका थिए । पक्राउ पर्नेमा कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम जैसी र अछामका रामबहादुर बुढा रहेका छन् । ठगुन्नालाई बुधबार तथा जैसी र बुढालाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सार्वजनिक शान्ति हितविरुद्धको कसुर गरेको आरोपमा उनीहरुमाथि छानबिन गरिने प्रहरीले जनाएको छ ।

284 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्