पात्रो

रेडियो

समाचार खोजी

नेप्से परिसूचकमा ४ दलमलब ६२ अंकको गिरावट

साझा अर्थ संवाददाता २४ असार २०८१, सोमवार

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो ।

सोमबार तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ बराबरको कारोबार भएको छ । वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन शून्य दशमलव ९५ र जलविद्युत् समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ । लगानी शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ३३, व्यापार शून्य दशमलव ८२ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु