पात्रो

रेडियो

समाचार खोजी

राप्ती हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ५ जेठ २०८२, सोमवार

काठमाडाैँः राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले  हकप्रद निष्काशनको लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने छ। कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।  

 

नेपाल धितोपत्र बोर्डले वैशाख २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्