पात्रो

रेडियो

समाचार खोजी

गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसक्यो : सांसद सिंह

साझा अर्थ संवाददाता १ जेठ २०८२, बिहिवार
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रियामा भएका गतिविधि देखेर लाज पनि लजाएको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर हाम्रो सरकार नलजाएको बताएका हुन्।
 
उनले चुनाव हारेकाहरु राष्ट्रिय सभामा जाने र राजदूतसम्म बन्ने परम्परा रहेकोमा अब त्यसरी नै गभर्नर बनाउन खोजिएको बताए। यो, ‘गलत परम्परा हो। कुनै पनि राजनीतिक दलको सदस्य गभर्नर हुन सक्दैन भनेर राष्ट्र बैंकको ऐनमै स्पष्ट छ,’ उनले भने। उनले भने, ’राष्ट्र बैंक यत्रो वर्षदेखि चलिरहेको छ त्यहाँ कुनै विज्ञ छैन? भित्रबाट बनाउँदा पाप लाग्छ? बाहिरकै मान्छे राख्नुपर्ने? आफ्नै दलको कार्यकर्ता राख्नुपर्ने ?’
233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता