पात्रो

रेडियो

समाचार खोजी

सिईडिबी होल्डिङ्स लिमिटेडको खुद नाफा ३२७.४५ प्रतिशतले बढेर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिईडिबी होल्डिङ्स लिमिटेडको खुद नाफा बढेको छ। यसअवधिमा खुद नाफा ३२७.४५ प्रतिशतले बढेर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसैअवधिमा यसले ८ करोड २५ हजार रुपैयाँ नाफा कमाएको थियो।कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। यसअवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी २५३.६४ प्रतिशतले बढेर ३८ करोड ९ लाख रुपैयाँ पुगेको छ। 

 यसअवधिमा चुक्ता पुँजी २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यसको चुक्ता पुँजी ८३ करोड ९४ लाख रुपैयाँ रहेको थियो। यसको रिजर्भ कोषमा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। मसान्तसम्ममा यसको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ५१ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ १७१.९३ रुपैयाँ छ

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्