पात्रो

रेडियो

समाचार खोजी

जरिवाना सहित २३ अर्ब बुझाउन एनसेललाई सात दिनको समय

साझा अर्थ संवाददाता ९ भदौ २०८१, आइतवार

 

नेपाल दूरसञ्चार प्राधिकरणले नवीकरण शुल्क २० अर्ब र तीन अर्ब बिलम्ब दस्तुर बुझाउन मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई ताकेता गरेको छ । 
१६ भदौ ०६१ मा मोबाइलको अनुमति पाएको एनसेलको अनुमतिपत्रको म्याद १५ भदौमा समाप्त हुँदै छ । दूरसञ्चार ऐन, २०५३ को दफा २५ र दूरसञ्चार नियमावली, २०५४ को नियम १२ ले सेवाप्रदायकले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा तीन महिनाअगाडि  प्राधिकरणमा निवेदन दिनुपर्छ ।

सोही व्यवस्थाअनुसार एनसेलले किस्ताबन्दीमा चार अर्ब बुझाएर नवीकरणका लागि १३ जेठमा निवेदन दिएको थियो । १६ भदौभित्र एनसेलको नवीकरण भइसक्नुपर्छ । तर, हालसम्म पनि नवीकरणको प्रक्रिया स्पष्ट रूपमा अघि बढेको छैन ।

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्