दोलखाः दोलखा सदरमुकाम चरिकोटमा विभिन्न जिल्लाका एघार समूहले भब्य रुपमा लाखेनाँच प्रदर्शन गरेका छन् । लालिगुराँस युव क्लव र चरिकोट गुठीको आयोजनामा विहिवार सो नाँच प्रदर्शन गरिएको हो ।
कला संस्कृतिको प्रबर्धन र नाचको सिप आदान प्रदानका लागि आयोजना गरिएको कला संस्कृति ( लाखेनाच ) प्रदर्शनी कार्यक्रम उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले गर्नु भएको थियो ।
नाँच प्रदर्शन कार्यक्रममा काठमाडौँ चन्द्रागिरी नगरपालिका मच्छे गाउँका पाँच समूह, रामेछापको भँगेरी र चिसापानी, जिरी नगरको नेवाःदेय् दबु, काभे्रपालञ्चोकको धुलिखेल, दोलखाको चरीकोट र लापिलाङका समूहहरुले लाखेनाच प्रदर्शनी गरेका क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।
अरुवेला सुनसान देखिने चरिकोट बजारमा लाखे नाँचका कारण जनसमूदायको ठूलो उपस्थिति रहेको थियो ।







साझा अर्थ संवाददाता