पात्रो

रेडियो

समाचार खोजी

सामाजिक सञ्जाल टिकटक खोल्ने प्रक्रिया शुरु

साझा अर्थ संवाददाता ६ भदौ २०८१, बिहिवार

सरकारले करिब एक वर्षदेखि बन्द गराएको सामाजिक सञ्जाल टिकटक खोल्ने प्रक्रिया अगाडि बढाएको छ । 

 चिनियाँ प्रतिनिधिको बारम्बारको दबाबपछि आचार संहिता बनाएरै टिकटक खुला गर्न लागिएको सञ्चार मन्त्राएका अधिकारीले बताए ।

 

उनले भने ‘सञ्चार मन्त्रालयले टिकटक खोल्ने प्रस्तावसँगै आचारसंहित बनाउने प्रस्तावलाई मन्त्रिपरिषदमा पठाएको छ । अब सरकारले निर्णय गरेपछि टिकटक खुलाउने र मन्त्रिपरिषदको स्वीकृति लिएर सञ्चार मन्त्रालयले आचार संहितासमेत बनाउने छ ।’

सामाजिक सद्भाव नभड्काउने गरी सामाजिक सञ्जाल सञ्चालन निर्देशिकामा आधारित रहेर टिकटक चलाउन पाइने व्यवस्था हुने भएको छ ।

चिनियाँ पक्षले सरकारले तोकेको आचार संहिता पालना गरेरै टिकटक चलाउन दिने शर्त स्वीकार्न तयार भएपछि सरकारले गत वर्ष कात्तिकदेखि रोकिएको टिकटक खोल्न सरकारले खोल्ने भएको छ ।

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु