काठमाडौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकाय तथा कर्मचारीलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । बुधवार मन्त्रालयको एक कार्यक्रममा बोल्दै उहाँले सो निर्देशन दिनु भएको हो ।
बुधवार मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग ‘समस्या, चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफानो गर्न निर्देशन दिनुभयो । कामको प्राथमिकता निर्धारण तथा नीतिगत सुधारका लागि चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै हरेक कुरामा सम्बेदनशील भई काम गर्न मातहतका विभाग तथा कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
साझा अर्थ संवाददाता