पात्रो

रेडियो

समाचार खोजी

नेप्से २.११ अंक बढ्यो, कारोबार रकम घट्यो

साझा अर्थ संवाददाता ५ भदौ २०८१, बुधवार

 बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २ हजार ९६८.४४ विन्दुमा बन्द भएकोे छ ।  नेप्से सूचकमा उत्तारचढाव आउँदा कारोबार रकम भने घटेको छ ।  ३३७ वटा कम्पनीको धितोपत्र र ऋणपत्रको ४ करोड १४ लाख कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड रुपैयाँ मात्र कारोबार भएको थियो । 

यो दिन सेन्सेटिभ इन्डेक्स पनि १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये बैंकिङ, विकास बैंक,वित्त,लगानी र अन्य समूह बढेका छन् भने अरु सबै उपसमूह घटेको छ । सबैभन्दा बढी वित्त उपसमूह ४.९९ प्रतिशतले बढेको छ । विकास बैंक ०.७२ प्रतिशत, व्यापार उपसमूह २.०९ प्रतिशत, होटल्स तथा टुरिजम उपसमूह १.०३ प्रतिशतले घटेको छ ।

यो दिन शिर्ष कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्सको ६६ करोड २ लाख  रुपैयाँको किनबेच भएको छ । अपी पावर कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको कारोबार भएको  छ। त्यस्तै, एभेरेष्ट बैंक, सानिमा माई हाइड्रो पावर कम्पनी र  सिइडीबी हाइड्रो पावर कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँदेखि ४५ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

 बुधबार पाँच वटा अलग( अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  सर्किट लाग्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,रिलायन्स फाइनान्स, डोल्टी पावर कम्पनी,मल्टीप्रपोज फाइनान्स कम्पनी छन् । कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।  

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु