साउन महिनामा लगानीकर्ताले सरकारलाई पूँजीगत लाभकर बापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ तिरेका छन् । नेपाल सिडीएस एण्ड क्लियरिङका अनुसार यो अन्य समयको भन्दा एक महिनामै उठेको सर्वाधिक उच्च राजस्व हो ।
पछिल्लो समय बजार उच्च अंकले बढ्दा लगानीकर्ताहरुबाट सरकारले छोटो समयमै ठूलो अंकको राजस्व उठाउन सफल भएको छ ।
साउन महिनामा मात्रै ४ खर्ब १८ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से सूचक ७६०.३३ अंक अर्थात् २९.८३ अंकले बढेको छ । यो महिना पूँजीबजारको इतिहासमा सर्वाधिक कारोबार भएको थियो । हालसम्म २९ अर्ब ९५ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा लगानीकर्ताहरुले पूँजीगत लाभकर बापत १५ अर्ब ५४ करोड रुपैयाँ तिरेका थिए ।
साझा अर्थ संवाददाता