पात्रो

रेडियो

समाचार खोजी

कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकणको कार्यकारी निर्देशकको जिम्मेवारी

साझा अर्थ संवाददाता ११ चैत २०८१, सोमवार

काठमाडौंः सरकारले नेपाल विद्युत प्राधिकरणको  कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो नियुक्ति गरेको हो ।

सरकारले कुलमानलाई पटक पटक स्पष्टिकरण सोध्दै आएको थियो । स्पष्टीकरण चित्त बुझ्‌दो नभएको भन्दै सरकारले उहाँलाई कार्यकारी निर्देशकलाई हटाएको हो । नेपाल लोड सेडिङको चरम मारमा परेको बेला घिसिङ सिइओ बनेपछी नेपालमा लोडसेडिङ अन्त्य भएको थियो । यतिमात्र होइन कुशासनले निरन्तर घाटामा गएको नेपाल विद्युत प्राधिकरण पनि कुलमान निर्देशक बनेपछि नाफामा गएको थियो । लोड सेडिङ अन्त्य भएपछि सर्वसाधारणले घिसिङलाई उज्यालो नेपालका अभियन्ता समेत  भन्ने गरेका थिए ।

348 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु