पात्रो

रेडियो

समाचार खोजी

एनआईसी नेपालले बिक्रीमा राखेका पाँच कम्पनीको सस्थापक शेयर किन्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १० चैत २०८१, आइतवार

काठमाडौं । एनआईसी एसिया बैंकले  बिक्री गर्न राखेको पाँच कम्पनीहरूको संस्थापक शेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी) को ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६०,  सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता बिक्रीमा राखेको छ । 

सूर्योदय वोमी लघुवित्त, सूर्यज्योति लाइफ, निफ्रा र जीवन विकास लघुवित्तको शेयर प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ता सहभागी हुन सक्नेछन् । त्यस्तै, सीआईटीको शेयर भने बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै खरिद गर्न पाउनेछन् । ​

सीआईटीको प्रतिकित्ता न्यूनतम मूल्य ६९६, सूर्योदय वोमीको २६९, सूर्यज्योति लाइफको १५९, निफ्राको १०५ र जीवन विकासको ५४० तोकिएको छ ।  

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु