पात्रो

रेडियो

समाचार खोजी

यातायात कार्यालय पाँच रोपनी जग्गा दान

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार


बन्दीपुर (तनहुँ), ६ चैतः बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको करिब रु  तीन करोड मूल्य पर्ने जग्गा दान गर्नुभएको हो । 

    मङ्गलबार जिल्ला मालपोत कार्यालय, तनहुँमा अधिकारी परिवारले यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो । यसअघि पनि अधिकारी दम्पतीले बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि आठ आना जग्गा दान गर्नुभएको थियो । “जग्गा दान गर्न पाउँदा निकै खुसी लागेको छ, गाउँ र समाजको सेवाका लागि काम गर्न पाउँदा हर्षित छु”, कृष्णराज अधिकारीले भन्नुभयो ।

    जग्गा यातायात कार्यालयलाई दिएकामा खुशी व्यक्त गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उहाँलाई सम्मान गरिने बताउनुभयो । कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध भइसकेको र भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी मन्त्रालयसँग बजेट माग गरिने जिल्ला मालपोत कार्यालयका प्रमुख ओलीले बताउनुभयो । 

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु