पात्रो

रेडियो

समाचार खोजी

देश निर्माणमा सबै जुट्नु पर्नेमा मुख्य मन्त्री लामाको जोड

साझा अर्थ संवाददाता ५ चैत २०८१, मङ्गलवार

दोलखाः बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले देश निर्माणमा सबै नुट्नु पर्नेमा आवश्यकतामा जोड दिनु भएको छ । मंगलवार सदरमुकाम चरिकोटमा  होटल तथा पर्यटन ब्यावसायी संघ नेपाल बागमति प्रदेशको पाचौं अधिवेशनको उद्घाटन शत्र लाई सम्बोधन गर्दै मुख्य मन्त्री लामाले उक्त कुरामा जोड दिनु भएको हो । 
सम्बोधनका क्रममा देश निर्माणकालागि अब सबै पक्ष जुट्नु मात्र्रै हैन सुध्रन समेत आवश्यक रहेको बताउँदै  मुख्य मन्त्री लामाले एकै प्रकृतिका काम संघ, प्रदेश र स्थानीय गतहले गर्दा योजना कार्यन्वयनमा  विक्रितीहरु  देखिएकोले यसतर्फ सचेत रहन उहाँले उक्त अवसरमा जोड दिनुभयो । पर्यटन प्रवर्धनकालागि भन्दै अहिले प्रसर्स्तै भ्युटावरहरु निर्माण भएपनि यसको उचित प्रयोग हुन नसक्दा कुनै लाभ लिन नसकिएको  लामाले बताउनु भयो । पर्यटन प्रवर्धन गर्न प्रदेश सरकारले के गर्न सक्छ भन्ने सन्दर्भमा पर्यटन ब्यावसायीहरुले उपयुक्त प्रस्ताव लिएर आएमा सहयोग गर्न बागमति प्रदेश सरकार तयार रहेको उहाँको भनाई थियो । 
यसैगरी उद्घाटन शत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका सांसद घनश्याम रिजालले नेपालको आर्थिक विकासको मुख्य आधार रहेको पर्यटन क्षेत्रको विकासमा तिनै तहका सरकारहरु तथा पर्यटन ब्यावासायीहरु लाग्नु पर्ने आश्वश्यकता औंल्याउनु भयो । यस्तै भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले भीमेश्वर नगरपालिका नगरका पर्यटकीय क्षेत्रहरुको विकास तथा समग्र नगरको भौतिक विकासमा लागिरहेको वताउँदै आफ्नो ब्यावसाय प्रवर्धन गर्दा पर्यटकहरुको सुविधामा समेत ध्यान दिन पर्यटन ब्यावसायीहरु सचेत हुनु पर्नेमा जोड दिनु भयो । अधिवेशनको उद्घाटन शत्र होटल तथा पर्यटन ब्यावसायी संघ नेपाल बागमति प्रदेशका अध्यक्ष दामोदर नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

498 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु