पात्रो

रेडियो

समाचार खोजी

एकघण्टामै १० अर्ब नाघ्यो शेयर कारोबार

साझा अर्थ संवाददाता २ भदौ २०८१, आइतवार

आइतबार सेयर बजार खुलेको एकघण्टामा धितोपत्र र ऋणगरी २ करोड २९ लाख कित्ता शेयर किनबेचहुँदा १० अर्ब ५० करोड २१ लाख माथिको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार शेयर कारोबारमा नयाँ  २९ अर्ब माथिको कारोबार भएको थियो भने साताभरीमै १ खर्ब २७ अर्बको कारोबार भएको थियो । 


 आइतबार नेप्से परिसूचक २७.०२ अंकले बढेर ३ हजार ०७.८३ विन्दुमा आइपुगेको छ । सुरुवात देखि नै शेयर बजार उच्च अंकले बढेको छ ।  बजार बढ्दा खरिदारहरु हाबी भएका छन् । नाफा कमाएका कम्पनीको विक्रीदर बढाएका छन् भने धेरैभन्दा धेरै लगानीकर्ताहरु बजारमा छिरेका छन् । जसमा कम्पनीहरुको माग उच्च देखिन्छ । सर्वाधिक कारोबार गर्ने कम्पनीको हिमालयन रिन्स्योरेन्स कम्पनी र कुमारी बैंक रहेको छ । यी कम्पनीले ३० करोडभन्दा बढीको कारोबार गरेका छन् ।

 

 

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु