दोलखाः नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँग भएको बिआरआई सम्झौता इमानदारी पूर्वक कार्यन्वय गर्नु पर्नेमा जोड दिनुभएको छ । विहिवार सदरमुकाम चरिकोटमा प्रेससेन्टरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले उक्त कुरामा जोड दिनुभएको हो ।
वर्तमान सरकारले बिआरआई सम्झौता गरिसकेकोले पराराष्ट्र मन्त्रीले अनुदान वा ऋणहो भनेर अनावश्यक चर्चा गरेको श्रेष्ठले बताउनुभयो । नेकपा माओवादी केन्द्र बिआरआईको इमानदारी पुर्वक कार्यन्वयन गर्नु पर्ने पक्षमा रहेको बताउनु भयो ।
वर्तमान सरकारले भ्रष्टाचार गरी ठग्नेलाई कारवाही नगरी सुसासन कायम गर्न नसकेकोकारण नै जनतामा असन्तुष्टी बढेको बताउँदै सरकार निरंकुशतातर्फ लागेको उहाँले आरोप लगाउनुभयो ।
सरकार ऐन निर्माण गरेर थ्रेसहोल्ड बढाई साना दलको अस्तित्वनै सक्न लागेको उहाँको भनाई थियो ।
राजावादीहरुको अहिले बढीरहेको गतिविधिको सन्दर्भ उल्लेख गर्दै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले ६ दशक लामो संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सामाजिक आर्थिक रुपान्तरणगरी जनताको जीवनमा परिवतर्वनको अनुभूति हुनेगरी प्रत्यक्ष लाभ दिन सक्नु पर्नेमा उहाँको जोड थियो ।
लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएमा लोकतन्त्रवादीहरु एकै ठाउँमा हुने उहाँले बताउनुभयो । शासकीय स्वतरुप खर्चिलो भयो भन्ने प्रश्नको जवाफमा उहाँले नेकपा माओवादी केन्द्र शासकीय सुधारको पक्षमा रहेकोले नै प्रत्येक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको पक्षमा रहेको बताउनु भयो ।
साझा अर्थ संवाददाता