साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ ।
आइतबार सुनको मूल्य एकैपटक तोलामा ३ हजार रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
साझा अर्थ संवाददाता