काठमाडौंःकाठमाडौं महानगरले राप्रपा लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा आइतवार एअरपोर्ट, गौशाला लगायतका सार्वजनिक स्थानमा जथाभावि फोहोर फालेको भन्दै महानगरले सो जरिवाना गरेको हो ।
फोहोर मैला ब्यवस्थापन ऐन २०६८ तथा काठमाडौं महानगरपालिकाको बातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा आर्थिक ऐन २०८१ बमोजिक जरिवान गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । राप्रपाकाे अगुवाइमा साेमबार पूर्व राजा ज्ञानेन्द्रकाे स्वागतमा र्याली निकालीएकाे थियाे ।
साझा अर्थ संवाददाता