पात्रो

रेडियो

समाचार खोजी

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक

साझा अर्थ संवाददाता १ भदौ २०८१, शनिवार

काठमाडौ : अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकामा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज एक विज्ञप्ति जारी गर्दै महासंघले यसलाई सकारात्मक रुपमा लिएको बताउनु भएको हो ।
अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाई दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो ।
यो प्रस्तावलार्य अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित मन्त्रालयलाई महासंघले धन्यवाद ज्ञापन गरेको छ साथै महासंघले मितव्ययी रूपमा आयोग सञ्चालनको ढाँचा पनि आग्रह गरेको छ ।

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ