पात्रो

रेडियो

समाचार खोजी

टेलिकमको आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने

साझा अर्थ संवाददाता ३२ साउन २०८१, शुक्रवार

नेपाल टेलिकमको शुक्रबार राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ ।

कम्पनीले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले सेवा प्रभावित हुने उल्लेख गरेको छ । कम्पनीले ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य शुक्रबार राति गर्दै छ । त्यसक्रममा  साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने कम्पनीले बताएको छ । कम्पनीले शुक्रबार सूचना जारी गरी उक्त जानकारी दिएको हो ।

यसका साथै कम्पनीले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको पनि बताएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमासमेत मागेको छ ।सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि कम्पनीले भनेको छ ।

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ