पात्रो

रेडियो

समाचार खोजी

टेलिकमको नाफा खुम्चियो

साझा अर्थ संवाददाता ३१ साउन २०८१, बिहिवार

नेपाल टेलिकमको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामामा घटेको  छ। अघिल्लो आर्थिक वर्ष  ०७९/८० मा ७ अर्ब ९२ करोड खुद मुनाफा आर्जन गरेको कम्पनी गत आर्थिक वर्ष ०८०/८१ मा ६ अर्ब ६१ करोडको मुनाफामा सिमित भएको छ। 

सो अवधिमा कम्पनीको आम्दानी पनि साढे ६ प्रतिशतले घटेर ४४ अर्ब ४२ करोडमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको आम्दानी ४१ अर्ब ६१ करोड थियो। रकममा टेलिकको आम्दानी २ अर्ब ८० करोडले कम हो। 

त्यस्तै कम्पनीको सञ्चालन आम्दानी पनि झन्डै ५ प्रतिशतले घटेर ३४ अर्ब ४६ करोडमा सिमित भएको छ। अघिल्लो आर्थिक वर्ष संचालन आम्दानी ३६ अर्ब २७ करोड थियो।  यस अवधिमा टेलिकमको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा  छ। 

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु