पात्रो

रेडियो

समाचार खोजी

सर्बोत्तम सिमेन्टको खुद नाफा घट्यो

साझा अर्थ संवाददाता ३१ साउन २०८१, बिहिवार

आर्थिक वर्ष २०८०/८१ मा सर्वोत्तम सिमेन्टको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १८.५१ प्रतिशतले घटेर १७ करोड ४२ लाख ८६ हजार रुपैयाँमा भएको छ । अघिल्लो वर्ष २१ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता, सञ्चालन आम्दानी भने १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ३७ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ अर्ब ३८ करोड २ लाख ६५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आम्दानी बढेपनि यसको बिक्री लागत बढ्दा खुद नाफा प्रभावित भएको हो ।

बिक्री लागत २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रुपैयाँ छ । चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा छ ।

 

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु