पात्रो

रेडियो

समाचार खोजी

चार दिनदेखि उच्च अंकले बढेको नेप्से पाँचौ कारोबार दिनमा करेक्सन

साझा अर्थ संवाददाता २९ साउन २०८१, मङ्गलवार

लगातार चार दिनदेखि उच्च अंकले बढेको बजारमा पाँचौ कारोबार दिनमा करेक्सन आएको छ । यो दिन नेप्से सूचक ८.१८ अंकले घटेर २ हजार ९२३.४६ विन्दुमा आइपुगेको छ ।

यो दिन २१ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो । चार दिनसम्म नेप्से सूचक २८०.३२ अंकले बढेपछि पहिलोपटक करेक्सन आएको हो ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेको छ ।

यो दिन ६ वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । यो दिन मातृभूमि लघुवित्त वित्तीय संस्था,पिपुल्स पावर, डोल्टी पावर कम्पनी,गूडवेल फाइनान्स,न्यादी  हाइड्रो पावर, मिडसोलु हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको हो । सामान्य घटेको बजारमा  यो दिन नेपाल फाइनान्सको नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सगरमाथा जलविद्युत कम्पनी,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,मैलुङ खोला जलविद्युत कम्पनी र अभियान लघुवित्त वित्तीय संस्थाको ४.५९ प्रतिशतदेखि ७.११  प्रतिशतले घटेको छ ।यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहहरु मध्ये बैंक, वित्त,लगानी, जीवन बीमा,व्यापार उपसमूह बढेको छ ।

289 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु