पात्रो

रेडियो

समाचार खोजी

तोलाको डेढ लाख  नाघ्यो सुनको मुल्य

साझा अर्थ संवाददाता २९ साउन २०८१, मङ्गलवार

नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको भाउ हाल सम्मकै उच्च भएको छ । आज तोलामा सुनको भाउ २ हजार एक सय  रुपैयाँले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  सुनको मूल्य तोलाको एक लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कायम थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम  थियो ।  

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २९ हजार २८५ रुपैयाँ तोकेको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४९२ रुपैयाँ  रहेको छ ।

214 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ