अप्पर तामाकोशी हाइड्रोपावरको नोक्शानीमा सुधार आएको छ । कम्पनीले मंगलबार गत आर्थिक वर्ष को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
अघिल्लो आवमा कम्पनी ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको कम्पनी गत आवको अन्त्यसम्ममा भने कम्पनी २ अर्ब ६८ करोड नोक्सानीमा छ।गत आवमा कम्पनीको आम्दानी बढ्नका साथै खर्च घटेका कारण खुद नोक्सानी घट्नमा टेवा पुगेको हो।समीक्षा अवधिसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आवको तुलनामा ७.९३ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ छ। अघिल्लो आवमा कम्पनीको सञ्चालन मुनाफा ३ अर्ब १० करोड १० लाख रुपैयाँ थियो। यसआधारमा कम्पनीको सञ्चालन मुनाफा २८.३३ प्रतिशत बढेको छ। वित्तीय विवरणमा उल्लेख भएअनुसार कम्पनीको वित्तीय आम्दानी २३.१७ प्रतिशत र वित्तीय खर्च ७.६८ प्रतिशतले घटेको छ।
कम्पनीको शेयर प्रिमियममा ९१ करोड ३७ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ १० अर्ब ४ करोड ६७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
कम्पनीको रिजर्भ कोष भने ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक छ। समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२.६९ रुपैयाँ ऋणात्मक छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५६.८८ रुपैयाँ छ। यसैगरी, कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ छ ।
साझा अर्थ संवाददाता