पात्रो

रेडियो

समाचार खोजी

शेयर कारोबारमा दिनहु रेकर्ड तोडिदै, , चारपटकसम्म २९ सय पार गरेको बजारमा कारोबार रकममा पनि उत्साह

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार
 सेयर कारोबार रकमले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन २५ अर्ब ७७ करोडभन्दा बढीको कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । तर उक्त रेकर्ड सोमबार पुनः तोडिएको हो । सोमबार अहिलेसम्मकै उच्च २७ अर्ब २४ करोडभन्दा बढीको कारोबार भएको हो । नेप्से सूचक पनि ७०.८१ विन्दुले बढेर २९३१.६५ अंकमा आएको छ । 
 
 बजार सूचकले सोमबार २९ सय अंकलाई पनि सजिलै पार गरेको छ । सूचकसहित कारोबार रकममा पनि झनै उत्साह देखिएको छ । बिक्रेताभन्दा क्रेताहरुको संख्या ह्वात्तै बढेपछि बजारले नयाँ–नयाँ उचाई तय गर्न सकेको हो । 
 
बजार निरन्तर बढ्न थालेपछि नयाँ लगानीकर्ता पनि थपिइरहेको देखिन्छ । व्यापक कारोबार रकमसहित नेप्से बढेकाले दिनहुँजसो नयाँ–नयाँ रेखा कोरिन सकेको हो । २ वटा बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । झन्डै २ दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

सेयर बजार खुलेको एक घण्टामै बजार २९२३ मा पुगेको थियो। त्यसको पाँच मिनेटपछि २८९६ मा करेक्सन भएको बजार पुनः बढेर २९२३ मै पुग्यो। त्यसपछि केही करेक्सन देखिएको बजार मध्याह्न १२ बजेतिर पुनः बढेर २९२९ छुन खोज्यो। 

त्यसपछि करेक्सन देखिएको बजार १२ बजेर ४९ मिनेटमा २८८५ मा ओर्लियो। दश मिनेटपछि नै पुनः बढ्दै २९०९ सम्म पुग्यो। सवा एक बजेतिर करेक्सन देखिएको बजारले पुनः गति लियो र २९ सयको मनोवैज्ञानिक विन्दु पुनः पार गर्यो। 




276 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्