पात्रो

रेडियो

समाचार खोजी

रु रु जलबिद्युत्को खुद नाफा सात करोड ३६ लाख

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार

आर्थिक वर्ष ०७९/८० मा  रु जलविद्युत परियोजनाको खुद नाफा ७ करोड ३६ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कुल नाफा सामान्य बढेकाले खुद नाफामा पनि सामान्य वृद्धि भएको हो ।

१ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ०.९२ प्रतिशतले बढेर १३ करोड ६२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा आम्दानी १३ करोड ४९ लाख ९४ हजार रुपैयाँ थियो । कुल नाफा २.११ प्रतिशतले बढेर ९ करोड २० लाख ५७ हजार रुपैयाँ पुगेको छ । 


यसको चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड २४ लाख ११ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९८ पैसा छ ।  

 

 

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु