पात्रो

रेडियो

समाचार खोजी

आर्थिक सङ्कटका कारण तीनमहिनादेखि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

साझा अर्थ संवाददाता ३ माघ २०८१, बिहिवार

हेटौडाः हेटौँडा सिमेन्ट उद्योग तिन महिना देखि बन्द छ । आर्थिक सङ्कट का कारण उद्योगको उत्पान बन्द भएको हो । 
विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि उद्योग व्यवस्थापनले सिमेन्ट उत्पादन बन्द गरेको थियो ।  उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले को भनाई रहेको छ । 
उत्पादन बन्द हँुदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेका छन् । 
उद्योग सञ्चालनकालागि आवश्यक कच्चा पदार्थ समेत अहिले उद्योगमा छैन। कोइला लगायतका वस्तु ल्याउनकालागि उद्योगसँग आर्थिक अभाव रहेको छ । यतिमात्र हैन विद्युतको विल भुक्तानी, कर्मचारीले अतिरिक्त काम गर्दाको भुक्तानी लगायत काभुक्तानी दिन समेत उद्योगसँग पैशा नभएको  उद्योगले जनाएको छ। 
उपकरणको मर्मत कार्य सम्पन्न भएर यही पुस महिनाको दोस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न अझ समय लाग्ने भएकाले उत्पादनमा ढिलाइ भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताउनुभयो । उद्योगसँग आर्थिक समस्याका बाबजुत पनि उपकरणको मर्मत कार्यसम्पन्न हुने बित्तिकै सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उहाँको भनाई रहेको छ ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ