पात्रो

रेडियो

समाचार खोजी

किसानहरुले दूध बेच्न किने ‘ट्रक’

साझा अर्थ संवाददाता २ माघ २०८१, बुधवार

तनहुँः  व्यास नगरपालिका वडा नम्बर १० दुम्सीका पशुपालक किसानले  कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । दुध ढुवानी गर्ननैं ठूलो रकम खर्च हुनेभएकोले  किसानहरुले ट्रक किनेका हुन् । 
आफूहरूले उत्पादन गरेको गाईभैँसीको दूध ढुवानी गर्न मासिक रु ५५ हजारभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक नै किनेको स्थानीय अगुवा किसान तथा दुम्सी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताउनुभयो । ट्रक नै किनेपछि दूधमात्र नभई कृषि उपजसमेत बढाई नजिकै रहेको दमौली बजारमा बिक्री गर्ने योजना किसानहरुको छ। 
ट्रक किनेपछि आफूहरूले सात किलोमिटर दूरीमा रहेको व्यास–९ गजौडमा दुग्ध उत्पादनका लागि उपशाखा सञ्चालन र व्यास नगरपालिका–१० मा सुपथ मूल्य पसल सञ्चालन गरिएको अर्का किसान डिल्लीराम शर्माले बताउनुभयो । आफूहरूले पनि कृषिबाली बढाउन विभिन्न कार्यक्रम गर्ने योजना बनाएको उहाँको भनाइ छ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ