पात्रो

रेडियो

समाचार खोजी

बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा विस्तार गर्ने

साझा अर्थ संवाददाता २७ साउन २०८१, आइतवार

किरण शिवाकोटी, चितवनः चितवनमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले भदौदेखि सबै प्रदेशहरुमा सेवा विस्तार गर्ने भएको हो ।
सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिनुुभयो । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शैयाको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार गर्न लागेको उहाँको भनाई रहेको छ । क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्न लागिएको अस्पातालले जनाएको छ । कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर, गण्डकीको दमौली, लुम्बिनीको दाङ, कणर्ालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने बताइएको छ । हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा अस्पतालले पठाउने छ ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता