पात्रो

रेडियो

समाचार खोजी

आधा बर्ष सकिदा लक्ष्यको ४० प्रतिशत मात्रै राजस्व संकलन

साझा अर्थ संवाददाता १ माघ २०८१, मङ्गलवार

 

चालु आर्थिक वर्षको आधा बर्ष सकिदा सरकारी खातामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार यो गत आर्थिक वर्षको यहीँ अवधिको तुलनामा ६३ अर्बले बढी हो । तर, यो कुल राजस्व संकलन लक्ष्यको ४० प्रतिशत मात्रै हो ।
 गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । आर्थिक वर्षको ६ महिना सकिँदा विविध प्राप्तिसमेत जोड्न ५ खर्ब ६७ अर्ब अर्थात् कुल लक्ष्यको ४० प्रतिशत मात्रै राजस्व उठेको छ ।

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ