पात्रो

रेडियो

समाचार खोजी

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

साझा अर्थ संवाददाता २७ साउन २०८१, आइतवार

काठमाडौँ : आज कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै विभागले उक्त मौसम पूर्वानुमान गरेको हो । हाल  बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूणर्तया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका   एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना  छ । यसैगरी राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा  भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

272 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता