पात्रो

रेडियो

समाचार खोजी

६६ लाख कित्ता आइपीओ निष्कासन गर्दै पिपुल्स इनर्जी

कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ

साझा अर्थ संवाददाता २४ साउन २०८१, बिहिवार

काठमाडौँ : पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।

आइपिओ जारी गर्न सबै प्रक्रिया पुरा गरी बोर्डमा आवेदन दिइएको पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । पिपुल्सलाई आइपीओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ । कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ्, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिएका छन ।

आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानकार्य जारी छ । आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङ्ग–खिम्ती शवस्टेशनमा चार्ज गर्ने गरी भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको कामसमेत जारी रहेको अर्यालले जानकारी दिएका छन ।

सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।

228 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु