काठमाडौंः कालिञ्चोक दर्शन प्रालिले शतप्रतिशत हकप्रद शेयर निश्काशन गर्ने भएको छ । कम्पनीको दशौं साधारण सभाले हकप्रद शेयर निश्काशन गर्ने निर्णय गरेपछि शेयर निश्काशन प्रकृया अगाडि बढ्ने छ ।
पुष २१ गते काठमाडौंको बद्रीनाथ होटलमा १० औँ वार्षिक साधारण सभा बस्दैछ । सभाले हालको चुक्ता पुँजी ६० करोडको शतप्रतिशत हकप्रद शेयर (६० लाख कित्ता) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ , साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।
साझा अर्थ संवाददाता