पात्रो

रेडियो

समाचार खोजी

हिमालय ऊर्जाको १ः१ हकप्रद शेयर आजदेखि बिक्रीमा

साझा अर्थ संवाददाता २४ साउन २०८१, बिहिवार

हिमालय उर्जा विकास कम्पनीले आज बिहीबारदेखि १ः१ हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । 

 कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो। भदौ १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीको ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ । 


लगानीकर्ताले सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन्। ९९ करोड चुक्क्ता पूजी रेहेको कम्पनीको हकप्रद निष्कासन पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ। 


कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकममध्ये सबै खर्च कटाई बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने बताएको छ ।शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु