पात्रो

रेडियो

समाचार खोजी

७७ कम्पनी आइपीओ निष्काशनको पाइप लाइनमा

साझा अर्थ संवाददाता ६ मंसिर २०८१, बिहिवार

काठमाडौंः अहिले आइपीओ निष्काशनको पाइपलाइनमा ७७ कम्पनी रहेका छन् । विभिन्न समयमा आइपीओ निष्काशन गर्न आवेदन दिएका कम्पनीहरुको संख्या कुल आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको धितो पत्र बोर्डले जानकारी दिएको छ ।  
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको पदावधि सकिएपछि आईपीओ निष्कासनको स्वीकृति बोर्डले दिएको  छैन । पाइपलाईनमा रहेका कम्पनीहरुमध्ये ३७ वटा हाइड्रो पावरका रहेका छन् । यस्तै होटल तथा पर्यटन सेक्टरका ५ कम्पनी, लगानी सेक्टरका २, उत्पादन तथा प्रशोधनका  १३, माइक्रोफाइनान्स १, माइक्रोइन्स्योरेन्स ४ तथा अन्य सेक्टरका १५ कम्पनीले आईपीओ निष्कासनको लागि स्वीकृति माग गरेको बोर्डको भनाई रहेको छ ।

364 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु