पात्रो

रेडियो

समाचार खोजी

नेप्सेको उकालो यात्रा जारी , कारोबार करिब २२ अर्बको

साझा अर्थ संवाददाता १६ साउन २०८१, बुधवार

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तथा  कारोबार राममा उत्साहजनक बृद्धी भएको देखिएको हो । 
नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकको वृद्धिसँगै कारोबार रकम समेत बृद्धि भई शेयरबजारमा रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम सं २०७८ साउन ३१ गते पछिको उच्च हो । यस अघि विसं २०७८ साउन ३१ गते रु २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।
कुल तीन सय ३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर दुई लाख ३८ हजार दुई सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार पुगेको हो । कारोबारमा आएका कम्पनीमध्ये आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।

238 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्