पात्रो

रेडियो

समाचार खोजी

लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

कास्की : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ । सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई आज अदालतमा पेश गरिएको थियो ।
 जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । सभापति लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएको थियो ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्